'सरकारलाई विश्वासको मत दिएर गल्ती भयो' | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

‘सरकारलाई विश्वासको मत दिएर गल्ती भयो’

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् । आज बिहान बसेको गगन–शेखर पक्षको भेलालाई सम्बोधन गर्दै उनले विश्वासको मत दिएकोमा गल्ती स्वीकार गरेका हुन् ।

गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई केही पदाधिकारीको असहमति हुुँदा हुँदै पनि कांग्रेसले अन्तिम समयमा आएर विश्वासको मत दिने निर्णय गरेको थियो ।

आज बिहान ८ बजेदेखि गगन–शेखर पक्षको भेला बत्तिसपुतलीमा भेला सुरु भएको थियो । भेलामा पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल भइरहेको जनाईएको छ ।

भेलामा कोइराला पक्षका पदाधिकारीहरु उपसभापति धनराज गुरुङ,महामन्त्री गगन थापालगायत शीर्ष नेता, केन्द्रीय सदस्य, सांसदहरु, प्रदेश सभापतिहरु सहभागी छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);