सुर्खेतमा गाडी दुर्घटनामा मृत्यु भएका चारैजना स्वास्थ्यकर्मी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुर्खेतमा गाडी दुर्घटनामा मृत्यु भएका चारैजना स्वास्थ्यकर्मी

काठमाडौं, ८ माघ । सुर्खेतमा आज बिहान गाडी दुर्घटना हुँदा मृत्यु भएका चारै जना स्वास्थ्यकर्मी भएको खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा चालक सागर शाही, दीपेन्द्रजंग शाही, बबिन शाही राजेन्द्र बि.सी रहेका छन् ।

उनीहरु सबै स्वास्थ्यकर्मी हुन्। दिपेन्द्र दैलेख डुंगेश्व गाउँपालिका स्वास्थ्य शाखामा, बबिन भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखामा, राजेन्द्र गुँरास गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत थिए। प्रहरीको अनुसार घाइते भएका वीरेन्द्रराज शाहीको छातीमा गम्भीर चोट लागेको छ । उनको उपचार भइरहेको छ ।

दुर्घटनापनि उनीहरुलाई उद्धार गरी प्रहरीले अस्पताल पुराएपनि ३ जनाको चिकित्सकहरुले मृत भइसकेको घोषणा गरेका थिए भने एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

छिन्चुबाट विरेन्द्रनगरतर्फ जादै गरेको गाडी सडकबाट गाडी अनियन्त्रित भई ७०/८० मिटर तल खस्दा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा.प्र. ०१०२६च ९२१३ नम्बरको डबर क्याप आइलेक्स क्याप गाडी आज बिहान साढे २ बजे विरेन्द्रनगर ११ झुप्राखोलामा दुर्घटनाग्रस्त भएको थियो ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);