काठमाडौं, ६ माघ । नेपाली कांग्रेसले उपसभामुखको उम्मेदवारी बारेमा सत्ता बाहिरका दलहरुसँग छलफल गर्ने भएको छ । पार्टीको आज बसेको शीर्ष नेताहरुको बैठकले अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको हो ।
उम्मेदवार दिन अन्य दल तयार नभए आफ्नै दलबाट उम्मेदवारी दिने कांग्रेसको तयारी छ । यसअघि नै उपसभामुखमा कांग्रेसमा सांसदहरु अम्बिका बस्नेत, सरिता प्रसाई, मुक्ताकुमारी यादव लगायतको नाम चर्चामा थियो । कांग्रेसले सभामुखमा पनि महिला नै उम्मेदवार बनाएको थियो ।
संघिय संसद सचिवालयले आज उपसभामुखको उम्मेदवारको मनोनयन दर्ता र भोलि निर्वाचनको कार्यतालिका बनाएको छ ।