जाडोमा लाग्ने ‘फ्लू’ का लक्षण यस्ता हुनसक्छन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

जाडोमा लाग्ने ‘फ्लू’ का लक्षण यस्ता हुनसक्छन्

काठमाडौं । इन्फ्लुएन्जालाई बोलीचालीको भाषामा फ्लू भनिन्छ । यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने संक्रामक रोग हो । जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसले सबै उमेरका व्यक्त्तिहरूलाई फ्लू लाग्न सक्छ ।
फ्लू भएका व्यक्त्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्त्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ। ती छिटा सासबाट फोक्सोमा पनि जान सक्छन्। भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ।

फ्लूका लक्षण के हुन् ?
– ज्वरो आउनु
– खोकी लाग्नु र घाँटी दुख्नु
– टाउको दुख्नु
– नाक बन्द हुनु वा सिँगान बग्नु
– जिउ र माँसपेशी दुख्नु
– थकान महसुस हुनु
फ्लू रोकथाम कसरी गर्ने?
– बिरामी भएका व्यक्त्तिहरूसँग भौतिक दूरी राख्ने
– खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने
– शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त तरल पदार्थ र पौष्टिक खाना खाने
– सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने
– बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
– आफ्नो आँखा, नाक वा मुख नछुने

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);