काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्नो पक्षमा समर्थन जुटाउने प्रयासमा आजैदेखि लाग्ने बताएका छन् ।
पौडेलले अहिलेसम्म राष्ट्रपतिको लागि सहमति नभएकाले नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए । उनले गठबन्धन कायम रहि रहेको अवस्थामा काँग्रेसले आफ्नो उम्मेदवारहरुलाई जिताउन मुस्किल भएपनि उम्मेदवारी दिएर समर्थन जुटाउन खोज्नु स्वाभाविक भएको बताए ।
उनले नेपाली काँगे्रसले प्रधानमन्त्रीले सहमतिको आधारमा अगाडि बढ्ने अभिव्यक्ति अनुसार काँग्रेसले विश्वासको मत दिएको पनि बताए ।