काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले रास्वपाका सांसद तथा श्रममन्त्री डोलप्रसाद अर्यालमाथि उठेको प्रश्नबारे जवाफ दिएका छन् ।
आज संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरु सोधेको प्रश्नको जवाफ दिदै रविले मन्त्री अर्याल कुनै मेनपावर व्यवसायमा संलग्न रहेको प्रमाण भए लिएर आउन चुनौती दिएका छन् ।
‘उहाँ कुन म्यानपावरमा हुनुहुँदो रहेछ, उहाँ संलग्न भएको कागजपत्र भए भनिदिएको भए मलाई थाहा हुन्थ्यो । उहाँले आफ्नो स्पष्टीकरण दिइसक्नुभएको छ । प्रमाण ल्याएर आउनुहोस, म्यानपावरमा संलग्न रहेको पाइएमा पहिलो कारवाही म गर्छु ।’