रानीपोखरी पुनर्निर्माणमा पनि सुरु भयो राजनीति | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

महानगरभित्रको विवाद सतहमा, उपमेयर खड्गीले लगाएको ताला मेयरले शाक्यले तोडे, काम रोकियो ।

काठमाडौं, ११ पुष ।  रानीपोखरी पुनर्निर्माणको विषयमा काठमाडौं महानगरपालिकाभित्रको विवाद सतहमा आएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीबीचको विवादले रानीपोखरी पुनर्निर्माणको काम नै रोकिएको छ ।

एमाले कोटाबाट काठमाडौँ महानगरको प्रमुख बनेका विद्यासुन्दर शाक्य र कांग्रेस कोटाबाट उपप्रमुख बनेकी हरिप्रभा खड्गीबीचको विवाद मंगलबार छताछुल्ल भएको छ । पुरातात्विक महत्वको सम्पदाको अस्तित्व लोप हुने गरी कंक्रिट प्रयोग गरेर पुनर्निर्माण भएको भन्दै महानगरकी उपप्रमुख खड्गीले मंगलबार विहान रानीपोखरीको गेटमा ताला लगाइन् ।
बागबजारका स्थानीयलाई साथमा लिएर रानीपोखरी पुगी उनले कामदारलाई बाहिर निकालेर ताला लगाएकी थिइन् ।

तर, मंगलबार दिउँसो नै रानीपोखरी पुगेर महानगर प्रमुख शाक्यले ताला तोडिदिए । व्यक्तिगत र दलगत स्वार्थका आधारमा ताला लगाइएको भन्दै ताला तोडेर मेयर शाक्य रानीपोखरी भित्र पसे ।

१० करोड लागतमा निर्माण गर्न लागिएको रानीपोखरी कंक्रिट संरचनामा लैजाने प्रमुख शाक्यको एकलौटी निर्णय भएको उपप्रमुख खड्गीको भनाइ छ । तर, शाक्यले भने आफू आउनुभन्दा अगाडि नै महानगरले गरेको सम्झौता कार्यान्वयन गरेको बताएका छन् । यसरी रानीपोखरी पुनर्निर्माणमा राजनीति सुरु भएको प्रष्ट देखिएको छ । किनकि रानीपोखरीको विषयलाई लिएर नेताहरुले पनि आफ्नो कोटाका प्रतिनिधि बचाउन अभिव्यक्ति दिन थालेका छन् । ऐतिहासिक सम्पदा पुनर्निर्माणमा जनप्रतिनिधि गम्भीर हुन तथा व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);