उपत्यकामा तरकारीको मुल्य अत्याधिक बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

उपत्यकामा तरकारीको मुल्य अत्याधिक बढ्यो

kalimati tarkari

काठमाडौं,११ पुस । उपत्यका भित्रको तरकारीको सबैभन्दा ठूलो थोक बजार कालिमाटीमा एकाएक तरकारीको मूल्य आकासिएको छ । काठमाडौंमा छठ सकिए लगतै तरकारीको मूल्य बढेको हो । नेपालमै उत्पादित तरकारीले माग धान्न नसकेकाले मूल्य बढेको व्यापारीको भनाई छ ।

चाडबाडलाई लक्षित गरि सकारले खुद्रा समान तथा तरकारीको मुल्य निर्धारण गरे पनि चाडबाड सकिए संगै पूनः तरकारीको भाउ आकाशिएको छ । बर्षाले तरकारीका विरुवा नष्ट भएकोले पनि भाउ महंगिएको अनुमान गरिएको छ । तरकारीमध्ये गोलभेडा, काउली, बन्दा, घिउसिमी, परवल, हरियो फर्सी, बरेला, प्याज, भेन्टा, तिते करेला, लौका, बोडी र धनियाको मूल्य अत्याधिक वृद्धी भएको हो । वर्षाले तरकारीका बिरुवाहरु नष्ट भएको र उत्पादन राम्रो हुन नसेकाले मूल्य बढेको कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले जनाएको छ । अफसिजन भएका कारणले पनि बोडी, परवल र गोलभेडा जस्ता तरकारीहरुमा मूल्य वृद्धी भएको हो । कालिमाटी फलफूल तथा तरकारी बजारको मूल्यसुची अनुसार गोलभेडा, बरेला, धनिया, हरियो फर्सि र परवलको मूल्य सबैभन्दा बढी वृद्धी भएको छ । कृर्षकहरुले तरकारी उत्पादन कम गदै आए पछि जति उत्पादन गरेको छ त्यसले बजार धान्न नसकेको हुनाले बाहिर मुलुक भारतबाट ल्याउनु पर्ने बाध्यता भएपछि एकासी तरकारीको मुल्य बढेको व्यवसायी बताउछन् । कारी व्यवसायी
एक साताअघि प्रतिकेजी ६२ रुपैयाँदेखि ७३ रुपैयाँमा पाइने गोलभेडा कात्तिक २० गते प्रतिकेजी ९२ रुपैयाँदेखि ९५ रुपैयाँमा विक्री भैरहेको छ । कालिमाटीमा नै गोलभेडाको मूल्य यसरी बढ्दा कालिमाटी बाहिरका तरकारी पसल तथा खुद्रा बजारमा गोलभेडा प्रतिकेजी १ सय २० रुपैयाँसम्म पुगेको विक्रेताको भनाइ छ । हरियो धनियाँको मूल्य कालिमाटी बजारमा दोब्बर वृद्धी भएको छ । एक साताअघि १ सय २५ रुपैयाँ प्रतिकेजीमा विक्री हुने धनियाँ अहिले प्रतिकेजी २ सय ५० रुपैयाँमा विक्री हुँदैछ । परवलमा २७ रुपैयाँ वृद्धी भएको छ । एक साताअघि परवल ५३ रुपैयाँ प्रतिकेजी विक्री भैरहेकोमा अहिले कालिमाटीमै ८० रुपैयाँमा विक्री हुँदैछ । हरियो फर्सी फल्ने सिजन नै भए पनि एक साता यता २२ रुपैयाँले मूल्य वृद्धी भएको छ । यसरी एकाएक तरकारीको मुल्य बढदा उपभोक्ताहरु मारमा परेका छन् । तरकारीको मुल्य उचित नहुदाँ र यस प्रति सरकारले ध्यान नदिदाँ तरकारीको मुल्य बढाएको उपभोक्ता बताउछन् । उपभोक्ता
केही साताअघि कालिमाटीमा नै ३८ रुपैयाँ प्रतिकेजीको दरमा विक्री भैरहेको हरियो फर्सी अहिले ८० रुपैयाँ प्रतिकेजीमा विक्री भैरहेको छ । तितेकरेलामा प्रतिकेजी २१ रुपैयाँ मूल्य वृद्धी भएको छ । एक साताअघि ७४ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको तिते करेला अहिले ९५ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको छ । यस्तै बरेलामा प्रतिकेजी १९ रुपैयाँ मूल्य वृद्धी भएको छ । एक साताअघि २१ रुपैयाँ प्रतिकेजी विक्री हुने गरेको बरेला अहिले ४० रुपैयाँ प्रतिकेजी विक्री भैरहेको छ । भान्टाको मूल्यमा प्रतिकेजी १३ रुपैयाँ वृद्धी भएको छ । एक साताअघि ५२ रुपैयाँ प्रतिकेजी विक्री भैरहेको भान्टा अहिले कालिमाटीमा नै ६५ रुपैयाँ प्रतिकेजी विक्री हुन थालेको छ । काउली र बन्दाको मूल्य प्रतिकेजी १२ रुपैयाँ वृद्धी भएको छ । एब साताअघि ५८ रुपैयाँ प्रतिकेजी मूल्य रहेको काउली र बन्दा अहिले कालिमाटी बजारमा ७० रुपैयाँ प्रतिकेजी विक्री भैरहेको छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);