सिके राउतको प्रश्न : थोत्रा प्लेनलाई सञ्चालनमा ल्याउन अनुमति दिनेमाथि छानबिनको प्रक्रिया कसले रोक्यो ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सिके राउतको प्रश्न : थोत्रा प्लेनलाई सञ्चालनमा ल्याउन अनुमति दिनेमाथि छानबिनको प्रक्रिया कसले रोक्यो ?

काठमाडौं, ५ माघ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत)ले थोत्रा हेलिकप्टर सञ्चालन गर्न अनुमति दिने टोलीमाथि छानबिन प्रक्रिया अघि बढाउन गृहमन्त्रालय समक्ष माग गरेका छन् ।

उनले भने,‘पुरानापुराना भन्दा थोत्रा प्लेनलाई ल्याएर सञ्चालनमा ल्याउने संचालक, त्यसलाई अनुमति दिने टोली, उडान भर्न दिने इन्स्पेक्टरको टोलीलाई प्रहरीले पक्राउ गरेर छानबिन गर्ने प्रक्रियाबाट कुन चाँही विधिले रोकेको छ त्यो हामी जान्न चाहान्छौं ।’

प्रतिनिधि सभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै राउतले गृहमन्त्री रवि लामिछानेलाई यति चाँडै प्रक्रियावादी नबन्न आग्रह गरे । सानालाई ऐन र ठुलालाई चैन यो भन्दा ठुलो उदाहरण अरु नहुने उनको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);