महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्टार हस्पिटल र अल्फा केयर प्रा.लि.मा १५ प्रतिशत छुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्टार हस्पिटल र अल्फा केयर प्रा.लि.मा १५ प्रतिशत छुट

काठमाडौं । सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित अल्फा केयर प्रा.लि.संग सम्झौता गरेको छ ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले स्टार हस्पिटल लिमिटेड र अल्फा केयर प्रा.लि. को सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने बैँकको विश्वास छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);