काठमाडौं, ३ माघ । बाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रका जम्मकट्टेल गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
माओवादी केन्द्र बाग्मतीका संसदीय दलका नेता समेत रहेका उनी ११० सदस्यीय बागमती प्रदेशसभामा नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ गरी जम्मा ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
३७ सिट रहेको कांग्रेस र ३ सिट रहेको नेमकिपाले भने जम्मकट्टेललाई समर्थन दिएको छैन । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम जमरकट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । २५ गते नियुक्त भएका मुख्यमन्त्री जम्मकट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण लिएका थिए ।




