सुदुरपश्चिममा तेस्रोपटक सभामुखका लागि आज मतदान हुने, कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

सुदुरपश्चिममा तेस्रोपटक सभामुखका लागि आज मतदान हुने, कसले मार्ला बाजी ?

काठमाडौं, ३ माघ । सुदुरपश्चिम प्रदेश सभामा आज सभामुख चयनका लागि तेस्रो पटक निर्वाचन हुँदैछ । सभामुख पदमा दुईजनाको उम्मेदवारी परेको छ ।

प्रदेश सभा सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले उम्मेदवारी दिएका छन् । यसअघि कुनै पनि उम्मेदवारको बहुुमत नपुुगेकोले आज तेस्रोपटक मतदान हुन लागेको हो । आज बिहान १० बजे प्रदेशसभा बैठकले सभामुखको निर्वाचन गर्नेछ ।

दोस्रो पटकको मतदानमा नागरिक उन्मुक्ति पार्टीका सात सांसदले असन्तृष्टि जनाउँदै कतैपनि मत नदिएपछि दुवै उम्मेदवारले निर्वाचित हुन आवश्यक मत पाएनन् । नागरिक उन्मुक्तिले आज भने मतदान गर्ने जनाइएको छ । अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिन निर्देशन दिएकी छिन् । उनको निर्देशन अनुसार मत दिए माओवादीका भण्डारी सभामुखमा निर्वाचित हुनेछन् ।

भण्डारीलाई सत्तासाझेदार दलहरु नेकपा एमालेको १०, माओवादीको ११ र राप्रपाका एक सांसदको समर्थन छ ।

रावललाई कांग्रेस र एकीकृत समाजवादीले समर्थन गरेको छ । ५३ सदस्यीय प्रदेससभामा सभामुखमा विजयी हुन २७ मत आवश्यक पर्छ । मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त भइसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);