काठमाडौं । मन्त्रिपरिषद विस्तारका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान गरिएको छ ।
बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भएको लामो छलफलपछि बैठक बोलाइएको हो ।
आजको बैठकले कुन दललाई कतिवटा र कुन मन्त्रालय दिने भन्ने टुङ्ग्याईने छ । एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु सदस्य छन् ।