काठमाडौं । नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत एच ई मिस्टर चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् ।
आज बिहान सोङ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डलाई भेट्न पुगेका हुन् ।
उनीहरुबीच नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।