काठमाडौं । काठमाडौंबाट पोखराका लागि ६८ यात्रु बोकेर पोखरा उडेको यति एयरलाइन्सको विमान दुर्घटनामा परि मृत्यु भएकाहरुको शव पोस्टमार्टम सुरु भएको छ । आइतबार यतिको ९–एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा परेर ज्यान गुमाउनेहरु ६९ जनाको शव फेला परिसकेको छ ।
पोस्टमार्टमलागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रिय (गण्डकी अस्पताल) अस्पतालमा शव राखिएको छ । सनाखत भएका शव पोस्टमार्टमपछि अस्पतालबाटै आफन्तलाई बुझाइने छ ।
मृत्यु भएका काठमाडौंमा घर भएका र विदेशीहरुलाईमात्र काठमाडौं ल्याइदै छ । संकलन भएका तीन महिलाको शव र पुरुषको पहिचान भएको छैन् ।
अहिलेसम्म ३९ शव पुरुष र २५ शव महिलाको पहिचान भएको छ । ७२ मध्ये २६ जनाको सनाखत भएको छ ।