सुदूरपश्चिमा सभामुख छान्न अन्तिम कसरतमा सत्तारुढ दलहरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सुदूरपश्चिमा सभामुख छान्न अन्तिम कसरतमा सत्तारुढ दलहरु

काठमाडौं, २ माघ । सुदुरपश्चिम प्रदेशमा तेस्रो पटक सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गर्ने अन्तिम दिन आज रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ । प्रदेशको पहिलो बैठक सुरु भएको १५ दिन आज पुरा हुँदैछ । सभामुख र उपसभामुख चयनका लागि छलफल गर्न सर्वदलिय बैठक जारी रहेको छ ।

यसअघि भएका दुई निर्वाचनमा कुनै पनि उम्मेदवारले सरकार निर्माणका लागि आवश्यक मत ल्याउन नसकेपछि आज तेस्रोपटक मतदान हुन लागेको हो । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसबाट मानबहादुर रावलले सभामुख पदका लागि उम्मेदवारी दिएका छन् । सो प्रदेशमा सभामुख बन्न २७ मत आवश्यक पर्छ । पहिलो पटकको निर्वाचनमा सभामुख बन्न भण्डारीलाई १ मत कम भएको थियो ।

५३ सदस्यीय प्रदेश सभा सदस्य रहेको प्रदेशमा दोस्रोपटकको मतदानमा नागरिक उन्मुक्तिका सात सांसदले कतै पनि मत नदिएपछि दुवै उम्मेदवारको बहुमत पुग्न नसकेको हो । सरकारले आफ्ना माग सम्बोधन गर्न गम्भिर नभएको भन्दै नागरिक उन्मुक्तिले कतै पनि मत नदिएको हो । आज बिहान ९ बजे सभामुख चयन गर्न बैठक बोलाइएको छ ।

संविधानका धारा १८२ को उपधारा १ मा प्रदेश सभाका पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशको पहिलो बैठक बसेको आज १५ दिन पुग्दैछ । आज सभामुख र उपसभामुख पाउने सम्भावना कम देखिन्छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);