पशुपतिनाथ दर्शन गर्न आएका ४ भारतीय प्याराग्लाइडिङको मज्जा लिन पोखरा जादैं थिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पशुपतिनाथ दर्शन गर्न आएका ४ भारतीय प्याराग्लाइडिङको मज्जा लिन पोखरा जादैं थिए

एजेन्सी । आइतबार दुर्घटना भएको यति एयरलाइन्सको काठमाडौं–पोखरा उडानमा सवार पाँच भारतीयमध्ये चारजना पशुपतिनाथ दर्शन गर्न आएको खुलासा भएको छ । २५ वर्षीय अभिषेक कुशवाहा, २५ वर्षीय विशाल शर्मा, २५ वर्षीय अनिलकुमार राजभर र ३० वर्षीय सोनु जैसवाल मिल्ने साथी थिए । उत्तर प्रदेशको गाजीपुर जिल्लाको पाँचौं व्यक्ति सञ्जय जैसवालको बारेमा भने विस्तृत विवरण आउन सकेको छैन ।

आइतबार पश्चिम नेपालको पोखरामा ७२ जना बोकेको विमान दुर्घटनास्थलमा उद्धार टोलीले शव निकाल्ने काम गर्दा भीड जम्मा भयो। शर्मा जिल्लाको बडेसर क्षेत्रको अलावलपुर छत्ती गाउँका हुँन् भने सोनु जैसवालको चक जैनब र अलावलपुर छत्तीका हुन् । तर उनी हाल वाराणसीमा बस्दै आएका थिए, राजभर बडेसर क्षेत्रको चक जैनबका र कुशवाहा नोनहरा क्षेत्रको धारवाका थिए । गाजीपुर को सोनु जैसवाल व्यापारी थिए, शर्मा निजी फर्ममा काम गर्थे र राजभर र कुशवाहाले गाजीपुरमा जनसेवा केन्द्र चलाइरहेका थिए।

सोनु जैसवालका बुबा राजेन्द्र जैसवालले सोनु, उनकी श्रीमती रागनी र १८ महिनादेखि सात वर्षका तीन छोराछोरी हालै वाराणसी सरेको बताए।
घटना हुँदा सोनु फेसबुकमा लाइभ भएको बुझिएको छ । ‘शनिबार मैले सोनूकी श्रीमतीलाई फोन गरेर उनको बारेमा सोधेँ। उनले सोनु सकुशल नेपाल पुगेको र छिट्टै फर्किने बताएकी थिइन्,’  व्यापारी राजेन्द्र जैसवालले भने ।

गाजीपुरवासी काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको बताइएको छ । ‘सोनु लामो समयदेखि पशुपतिनाथ मन्दिर घुम्ने योजनामा थिए, त्यसैले साथीभाइसँग भ्रमणको योजना बनाएका थिए,’ जैसवालले भने । चक जैनाब गाउँपालिकाका प्रधान विजय जैसवालले परिवारले सञ्चारमाध्यमबाटै दुर्घटना भएको थाहा भएको बताए । परिवारले सम्पर्क गर्न खोज्दा चारै जनाको मोबाइल स्वीच अफ भएको उनले बताए । चारैजना बसबाट नेपाल गएको उनले बताए ।

चारै जना शुक्रबार काठमाडौं आइपुगेको पीटीआईले जनाएको छ । “चारै जना पोखरामा प्याराग्लाइडिङको मजा लिने योजनामा थिए,“दक्षिणी नेपालको सर्लाही जिल्लाका अजयकुमार शाहले पीटीआईलाई भने। ‘हामी भारतबाट एउटै गाडीमा आएका हौँ,’ उनले भने । उनीहरु पोखराबाट गोरखपुर हुँदै भारत फर्कने योजनामा थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);