पर्वले सामाजिक सद्भावना बढाउँछ : देउवा | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

पर्वले सामाजिक सद्भावना बढाउँछ : देउवा

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर सङ्क्रान्ति एवं माघेसङ्क्रान्तिको शुभकामना व्यक्त गरेका छन् । सभापति देउवाले थारू समुदायलगायत अन्य समुदायका सम्पूर्णमा शुभकामना दिँदै यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्परा संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने विश्वास लिएका छन् ।

पूूर्वप्रधानमन्त्री देउवाले नेपालमा प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल रहेकाले विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको बेग्लै विशेषता रहेको बताएका छन् ।

“एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यस्ता पर्वले सामाजिक सद्भावना बढाउँछ ।”–उनले सन्देशमा लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);