काठमाडौं, ११ पुष । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबिच आज सत्ता समिकरण र पार्टी एकताबारे औपचारिक छलफल हुने भएको छ ।
शुक्रबार चितवन गएका दाहाल दिउँसो फर्किएपछि दुई नेताबिच कुराकानी हुने भएको हो । ५ दलको बैठकपछि अध्यक्ष दाहाल सीधै चितवन गएपछि दलहरुबिच विवाद समाधानका लागि ठोस छलफलसमेत हुन सकेको छैन ।
अनौपचारिक रुपमा फोन संवादमा रहेका नेताहरुले मंगलबारदेखि नयाँ सरकार गठन, राष्ट्रियसभा गठन र पार्टी एकताबारे घनिभुत छलफल गर्ने एमाले अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।
दुई पार्टीका अध्यक्षबीच भेट भएपछि बुधबारसम्म पार्टी एकता समन्वय समितिको बैठक राख्ने तयारी भइरहेको छ ।
दुवैतर्फका दोस्रा तहका नेताहरुले पार्टी एकता बारे आन्तरिक र द्विपक्षीय छलफल तीव्र बनाएका छन् ।