काठमाडौं । आगामी माघ २५ हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा भाग लिन दल दर्ताको समयसीमा आज सकिदै छ । निर्वाचन आयोगको अनुसार आजसम्म दुई दलले मात्रै दल दर्ताका लागि निवेदन दिएका छन् ।
रिक्त रहेको सदस्य पदको उपचुनावमा भाग लिन नेकपा (एकीकृत समाजवादी) पार्टी र बहुजन शक्ति पार्टीले मात्र निवेदन दिएको आयोगले जनाएको छ ।
लुम्बिनी प्रदेशबाट अन्य समुहको रिक्त राष्ट्रिय सभाको एकजना सदस्य पदका लागि उपनिर्वाचन गर्न लागिएको हो । सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त पद खालि रहेको थियो ।
आयोगले एक सूचना जारी गर्दै संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो ।





