निर्वाचन आयोगले संविधान विपरित काम गरेको छः महामन्त्री चन्द | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

निर्वाचन आयोगले संविधान विपरित काम गरेको छः महामन्त्री चन्द

श्रवण देउवा कैलाली, ८ चैत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकामहामन्त्रीजयन्तचन्दले निर्वाचनआयोगले संविधानविपरित काम गरेको भन्दै तुरुन्त सच्याउनमाग गरेका छन् । ‘नेपालको संविधानमाविचारकाआधारमा कसैलाई प्रतिबन्धीतगर्न नपाईने प्रष्ट व्यवस्था छ’ मंगलबार धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले आयोजना गरेको जिल्लाकार्य समितिको विस्तारित वैठक एंव स्थानियनिर्वाचनतयारीकालागि बृहत छलफल तथा ‘जनताको विचमा राप्रपाकार्यक्रम’लाई सम्बोधनगर्दै भने ।

निर्वाचन आयोगले संविधान विपरित काम गरेको छः महामन्त्री चन्द

 

 

श्रवण देउवा कैलाली, ८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्त चन्दले निर्वाचन आयोगले संविधान विपरित काम गरेको भन्दै तुरुन्त सच्याउन माग गरेका छन् । ‘नेपालको संविधानमा विचारका आधारमा कसैलाई प्रतिबन्धीत गर्न नपाईने प्रष्ट व्यवस्था छ’ मंगलबार धनगढीमा राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीले आयोजना गरेको जिल्लाकार्य समितिको विस्तारित वैठक एंव स्थानिय निर्वाचन तयारीकालागि बृहत छलफल तथा ‘जनताको विचमा राप्रपा कार्यक्रम’लाई सम्बोधनगर्दै भने ‘तर, आयोगले संविधानविपरित राप्रपा पार्टीको विद्यानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउने निर्णय गरेको छ ।’ उनले निर्वाचनआयोगले गल्तीनसच्याए पार्टीले अदालत र जनतामाझजाने बताए । उनले निर्वाचनआयोगले विनाकुनै सल्लाह, कुनै पत्रचार विधानबाट उक्त कुरा हटाएको उल्लेख गर्दै भने ‘निर्वाचनआयोगलाई यसको अधिकार छैन् ।’ संवैधानिक महत्वपूर्ण निकायको रुपमा रहेको आयोगले यसलाई यथाशिघ्र सच्याउनुपर्ने मागगर्दै महामन्त्रीचन्दले भने ‘राप्रपालाई सत्ताभन्दा ठुलो पार्टीको नीतिहो ।’ उनले आप्mनो पार्टी संविधानकार्यान्वयन र निर्वाचन गराउन सत्तामागएको बताए ।

 

‘मधेशीमोर्चाले जव समर्थन फिर्ता लिने निर्णय गर्यो, त्यसले सरकार परिवर्तन हुने सम्भावना बढ्यो’ उनले भने ‘सरकार परिवर्तन हुने वितिकै निर्वाचन गराउन सकिदैनथ्यो, त्यसैले हामी सरकारमागएकाहौं ।’ उनले वर्तमान संविधान पुर्ण लोकतान्त्रीक, प्रजातान्त्रीकभएकाले यसको कार्यान्वयनगर्न निर्वाचनहुन जरुरी रहेको बताए । संविधानमा राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र मुलभुतअधिकारलाई परिवर्तन गर्न नपाईने भएपनि गणतन्त्र, संविधानजनताको मागअनुसार समयसापक्षे अनुसार परिमार्जन गर्न सकिने उनले बताए । कार्यक्रममा केन्द्रिय सदस्य रामबहादुर शाहले देशभित्र र देशबाहिरका केहीदलले निर्वाचननगराउने षड्यन्त्रगरिरहेको आरोप लगाए । उनले आप्mनो सरकार चुनाव गराउननै सरकारमागएको भन्दै चुनावनहुने अवस्थामाआएमाआप्mनो पार्टीले सत्ता छोड्ने बताए । उनले राजनीतिकअस्थिरताकाकारण समाजिक सद्भाव, समाजिक सौहार्दता संकटमा परेको, आर्थिक बृद्धिदर शून्यमाझरी सकेको, औधोगिक क्षेत्रको विकास नभई झन घट्दै गएको बताउ“दै ‘राष्ट्र समाजिक, आर्थिक रुपबाट तिर्व रुपले पछाडी गईरहेको छ ।

 

’उनले राष्ट्रलाई समृद्धितर्फ लिनजनतालाई आभास हुने गरि संविधानकार्यान्वयन जरुरी रहेको र संविधानकार्यान्वयनकालागितीनै तहको चुनावआवश्यक रहेको बताए । कार्यक्रममा केन्द्रिय सदस्य रामदुलारी चौधरीले सरकारले स्थानियतहको निर्वाचनको मिति तय गरिसकेको हु“दाकार्यकर्तालाई राप्रपालाई देशभरीमै अगाडि ल्याउनकामगर्न निर्देशनदिईन् । कार्यक्रममानिवर्तमान सहायकमहामन्त्रीधर्मानन्दजोशीले सोमबार राप्रपाको धर्ना कार्यक्रममाप्रहरीको हष्तक्षेपप्रतिआपत्तीजनाएकाथिए । उनले पार्टीले संविधानमागरिएको व्यवस्थाअनुसारनै कामगर्दा आयोगले संविधानविपरित काम गरेको भन्दै शान्तिपूर्ण धर्ना कार्यक्रममाप्रहरीले हष्तक्षेप गर्नु गलतभएको बताए । कार्यक्रममापुर्व केन्द्रिय सदस्यविरेन्द्रबहादुर बमले पार्टीलाई बलियो बनाउनआन्तरिक विवादलाई टुङ्गो लगाउनुपर्ने बताए । राप्रपाकाजिल्लाअध्यक्ष गजेन्द्रबहादुर सिंहको अध्यक्षतामाकार्यक्रमभएको थियो ।

 

राप्रपाकानिर्वतमानअध्यक्षजनककु“वरले स्वागततथा उद्देश्यव्यक्त गरको कार्यक्रमको सञ्चालनमहाधिवेशनप्रतिनीधि छत्र शाहले गरेकाथिए । यस्तै, मंगलबारनै पत्रकार सम्मेलनको आयोजनागर्दै राप्रपाकामहामन्त्रीचन्दले निर्वाचनआयोगले गरेको हष्तक्षेपलाई प्रजातन्त्रकै लागिखतरनाकभएको संज्ञा दिएकाथिए । ‘आयोगले अहिले संविधानविपरित राप्रपा पार्टीको राष्ट्र र र विद्यानबाट हिन्दु ाजतन्त्र सिद्धान्तलाई हटाएको छ’ उनले भने ‘भोलीअरुको पनि यसरी हष्तक्षेप नगर्ला भन्न सकिन्न् ?’ उनले आयोगले यस्ता गल्तीनदोहोर्याउनदबाबकार्यक्रमगर्ने चेतावनीदिए । उनले आयोगले अधिकार भित्रनपर्ने कुरालाई चलाएको भन्दै यसले सबै राजनितिकदललाई चुनौतीदिएको बताए । अहिले आयोगले राप्रपाको बिधान शंसोधन गरेको देखिएपनि यो सबै राजनितिकदलको समस्याबन्न सक्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);