राप्रपा नेपाल एक महिनामै ७७ जिल्लामा विस्तार, महामन्त्री बर्तौला भन्छन्- अब राप्रपा नेपाल दुबोसरि मौलाउछ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राप्रपा नेपाल एक महिनामै ७७ जिल्लामा विस्तार, महामन्त्री बर्तौला भन्छन्- अब राप्रपा नेपाल दुबोसरि मौलाउछ

काठमाडाैं । कमल थापा नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाललाई पुनर्जागृत गरेको एक महिना पूरा भएको छ । यो अवधिमा ७७ वटै जिल्लामा पार्टीको जिल्ला संरचना खडा गरी जिल्लास्थित निर्वाचन कार्यालयमा राप्रपा नेपालले अभिलेख बुझाएको छ ।

राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम बर्तौलाले स्थानीय तह निर्वाचनको प्रयोजनको नित्ति देशैभरका ७७ निर्वाचन कार्यालयमा राप्रपा नेपाललाई अभिलेखमा राखी दर्ता गर्न निवेदन दिएको जानकारी दिए ।

उनले भने, ‘७७ जिल्लामा नै राप्रपा नेपाल दर्ता भएको छ, काठमाडौंस्थित निर्वाचन आयोगमा पनि सम्पूर्ण विवरण पेश गरिएको छ ।अब राप्रपा नेपाल दुबोसरि मौलाउने छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);