नेपाल टी–२० लिगः विराटनगर सुपर किंग्स दोस्रो क्वालिफायरमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

नेपाल टी–२० लिगः विराटनगर सुपर किंग्स दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौं । नेपाल टी–२० लिगमा ईलिमिनेटर खेलमा जित हासिल गर्दै विराटनगर सुपर किंग्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

सोमबार त्रिवि मैदानमा भएको खेलमा विराटनगरले काठमाडौंलाई ९९ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । विराटनगरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.४ ओभरमा अलआउट हुँदै ८३ रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि अविनाश बोहोराले ४ बलमा अविजित १६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १५ रन बनाए ।

लोकेश बम १३ रनमा आउट हुँदा कमल ऐरीले १० रन बनाए । विराटनगरका लागि सुर्य तामाङले ४ तथा कियोन जोसेफ र साहब आलमले समान २÷२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । विराटनगरका लागि कप्तान रोहित पौडेलले ६१ रन बनाए ।

जितसँगै विराटनगरले फाइनलमा स्थान बनाउँनका लागि जनकपुर रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ भने पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ । आईतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाईनलमा स्थान सुरक्षित गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);