काठमाडौं । प्रदेश सरकारको भागबण्डा मिलाउन आज सत्ता गठबन्धनको बैठक बस्दैछ । सबै प्रदेशको भागवण्डा मिलाउने गरी आज नेताहरु छलफलमा जुट्न लागेका हुन् ।
शनिबार पनि सो विषयमा नेताहरुबीच सामान्य छलफल भएको थियो ।
शनिबार सरकारको न्युनतम साझा कार्यक्रमको प्रतिवेदन पनि शीर्ष नेताहरु समक्ष पुर्याएको थियो । प्रदेश १ मा आज सरकार गठनको अन्तिम मिति रहेको छ ।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीमा दाबी गरीरहेको छ भने कर्णालीमा माओवादीको दाबी छ ।
मधेसमा जनमत पार्टी र जनता समाजवादी पार्टीले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन् ।