काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक आज बोलाएको छ । पार्टीले बिहान १० बजे संसदीय दलको बैठक सिंहदरबारमा बोलाएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिदैंछन् । सोही विषयको तयारीबारे छलफल गर्न आज बैठक बोलाइएको हो ।
साथै बैठकमा प्रतिनिधि सभाको पहिलो बैठक र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने जनाइएको छ ।