काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ ।
आगामी माघ २५ गते हुने उपनिर्वाचनका लागि आयोगले आज एक सुचना जारी गर्दै पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ता गराउन आह्वान गरेको हो ।
लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।