देशभर पानी पर्न सक्ने सम्भावना कम, चिसो अझै बढ्न सक्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशभर पानी पर्न सक्ने सम्भावना कम, चिसो अझै बढ्न सक्ने

काठमाडौं । यो बर्ष अहिलेसम्म हिउँदे बर्षा हुन सकेको छैन । जसको कारण नेपाली आकाशमा वायु प्रदूषण बढेको छ । समयमा बर्षा नहुँदा हिमालमा हिउँ कम पर्नुको साथै पहाडी भेगमा चिसो बढी छ, भने तराई क्षेत्रमा शीतलहर चलेको छ ।

गत बर्ष डिसेम्बरमा उपत्यकाभित्र २७ मिलिमिटर र जनवरीमा ५ मिलिमिटर पानी परेको थियो । तर यो बर्ष डिसेम्बरमा बर्षात हुन सकेन, जनवरीको पहिलो साता सुख्या बन्यो , मौसम पूर्वानुमान शाखाका अनुसार अझै एक हप्ता देशभर पानी पर्न सक्ने सम्भावना निकै कम छ । हिमाल, पहाड र तराई गरेर नेपालमा तीन तहको भूबनोट छ । हिउँदमा हिमालसहित उच्च पहाडी भू–भागमा हिउँ पर्छ भने मध्यपहाडदेखि तराईका फाँटहरुमा बर्षा हुने गर्छ । बर्षाले बायुमण्डको सतहमा जमेर बसेको प्रदुषण सफाई गर्ने काम गर्छ । । तर यसबर्ष बर्षा हुन सकेको छैन । जसको कारण नेपाली आकाशमा प्रदुषणको मात्रा बढी छ । यतिबेला जनकपुर र भैरहवाको बीचभागमा शीतलहर जारी छ ।

हिउँदमा मध्यपहाडी र तराई भेगमा बर्षा हुदाँ उच्च पहाडी र हिमाली भेगमा हिमपात हुन्छ । मौसमा आएको परिवर्तनका कारण यस बर्ष हिमालमा प्रयाप्त हिमपात हुन सकेको छैन । यही अवस्था केही बर्षसम्म चले गर्मी याममा हिउँ पग्लने र धेरै हिम शिखरहरु कालापहाडमा रुपान्तरण हुन सक्ने मौसमबिद् बताउँछन् ।

हाल नेपाली आकाश धुमिल छ । तुवाँलो र हुस्सुका कारण भिजिविलिटी कम हुदाँ आन्तरिक उडान समेत प्रभावित हुने गरेका छन् । घामका कारण दिउसो केही राहात भए पनि विहान र वेलुकी चिसो बढेको छ । काठमाडौंमा गतबर्ष भन्दा यो बर्षको तापक्रम कम छ । गतबर्ष सबैभन्दा कम २।६ डिग्री सिल्सीयस पुगेको थियो भने यो बर्ष २।५ डिग्री सेल्सीयस तापक्रम पुगिसेको छ । जनवरीको तीन साता र फेब्रुअरी बाँकी रहेकाले अझै चिसो बढ्न सक्ने मौसम पूर्वानुमान माहाशाखाको अनुमान छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);