काठमाडौं– साझा यातायातले नेपालमा भित्राएको ठूला आकारका बसको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ ।
उहाँले साझाको केन्द्रीय कार्यालय ललितपुरको पाटन पुगेर बसको उद्घाटन गर्नुभएको हो । सो क्रममा उहाँ साझामा चढ्नुभएको पनि थियो ।
साझाले यी बस काठमाडौंको विभिन्न रुटमा चलाउने जनाएको छ । तुलनात्मक रुपमा यस्ता बस सञ्चालन गर्न निकै कम पर्ने जनाइएको छ ।