भारतमा नोटबन्दी हुदा नेपालमा भएको भारु औचित्यहीन ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

भारतमा नोटबन्दी हुदा नेपालमा भएको भारु औचित्यहीन ( भिडियो रिपोर्ट )

बिन्दु अधिकारी \ माउण्टेन टेलिभिजन एचडी। 

काठमाडौँ , पौष २१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ नोभेम्बर ८ तारिखमा अप्रत्याशित रुपमा ५ सय र १ हजार रुपैयाँको भारतीय नोटमा प्रतिबन्धको घोषणा गर्नुभयो । मोदीको यो निर्णयसँगै कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा यसविरुद्ध रिट दर्ता गराए । अदालतले ५८ वटा रिटमाथि सुनुवाइ गर्दै सोमबार नोटबन्दीको पक्षमा फैसला सुनायो । उक्त फैसलाले नेपालमा रहेको भारतीय रुपैयाँ उपयोगविहीन भएको छ । नेपालको बैंकिङ प्रणालीमा प्रतिबन्धित ५ सय र १ हजारको नोट कुल ८ करोड १० लाख भारतीय रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्याङक छ।

राष्ट्र बैंकसँग रहेको यो नोट के हुने हो भन्ने अन्त्योल बढेको छ । नोटबन्दीको फैसला गरेसंगै नेपालले नोट सटहीका लागी विभिन्न प्रयास गर्दा पनि भारतले वेवास्ता गरेको आरोप लागेको छ । त्यसो त कतारी रियाल चौंथो संस्करणको नोट नचल्ने भएपछि २०२१ सालमा करिव ३५ मिलियन कतारी रियल नेपालले सहजै सटही गरेको थियो । तसर्थ भारतले गरेको फैसला नोटबन्दीको भएको भएपनि सो रकम सटही गर्न भारत सकारात्मक रहेकाले नेपालमा रहेको भारतीय प्रतिबन्धित नोट खेर नजाने दावी राष्ट्र बैँकको छ।

५ सय र १ हजारको नोट नचल्ने फैसला भएपछि भुटानमा रहेको भारु नोट भने भारतले सहजै सटही गरिदिएको छ। तर नेपालको पहललाई भारतले हालसम्म वेवास्ता गर्दा कतै नेपालमा रहेको ८ करोड भारु नोट खोस्टो बन्ने त हैन शंका उत्पन्न भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);