पोखरेललाई हराएकी शर्मालाई उपराष्ट्रपति बन्ने ‘अफर’, यस्तो छ कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पोखरेललाई हराएकी शर्मालाई उपराष्ट्रपति बन्ने ‘अफर’, यस्तो छ कारण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्मालाई उपराष्ट्रपति बन्ने ‘अफर’ आएको छ ।

दाङ क्षेत्र नं २ बाट नेकपा (एमाले) का महासचिव शंकर पोखरेललाई हराएकी शर्मालाई एमाले अध्यक्ष ओलीको आग्रहमा प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपति बन्न प्रस्ताव गरेका हुन् ।

शर्मालाई उपराष्ट्रपति बनाएर उपनिर्वाचन मार्फत पोखरेललाई संसद प्रवेश गराउने ओलीको योजना रहेको बुझीएको छ ।

आफ्ना विश्वासपात्र एमाले महासचिव पोखरेलले चुनाव हारेपछि तनावमा रहेका ओलीले उपराष्ट्रपतिको लोभ देखाए शर्माले सजिलै स्विकार गर्ने अनुमानले यस्तो जुक्ति लगाएका हुन् ।

शर्मालाई प्रधानमन्त्री दाहाल र ओली दुबैले यस्तो प्रस्ताव गरेको बुझिएको छ । तर, शर्माले दुबै अध्यक्षको प्रस्तावलाई अस्विकार गरेको खुलेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);