काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव फेरबदल गरेको छ । बिहीबार बसेको मन्पिरिषदको बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याउने निर्णय गरेको हो । राया यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए ।
त्यस्तै, सरकारले राजस्व सचिवमा रामप्रसाद घिमिरे ल्याउने निर्णय गरेको छ । घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।