काठमाडौं । राष्ट्रिय सभाको उपनिर्वाचन आगामी माघ २५ गते हुने भएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले २५ माघमा राष्ट्रिय सभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यबाट निर्वाचनअघि नै राजीनामा दिएका थिए । सोही रिक्त रहेको स्थानमा निर्वाचन हुन लागेको हो ।