काठमाडौं । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरेर आफ्नो समसामयिक राजीनीतिक परिस्थितिबारे धारणा सार्वजनिक गर्ने भएको छ । पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
आजै चुनाबको बेला पार्टीको प्रचार समितिका सदस्यहरुले निभाएका भूमिकालाई धन्यवाद दिने कार्यक्रम पनि छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीलगायतका दलहरु गठबन्धन गरेर चुनावमा होमिएका थिए । नेकपा एमालेसहित सात दलको समर्थनमा बनेको सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।




