पार्टी एकताविरुद्ध जाने जोकोहीलाई कडा कार्वाही गर्नेे चेतावनी | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

काठमाडौं, १० पुस । नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभाका सदस्य पार्वत गुरुङले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताविरुद्ध जाने जोकोहीलाई कडा कार्वाही हुने चेतावनी दिएका छन् ।

नेता गुरुङले पार्टी एकताविरुद्ध जानेलाई आम मतदाताले नै बहिष्कार गर्ने बताए । दोलखाली पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले समृद्ध राष्ट्र निर्माणका लागि जनताले मत दिएको हुँदा पार्टी एकताविरुद्ध कुनै पनि नेता कार्यकर्ताले बोल्न नहुने स्पष्ट पारे ।

बाम गठबन्धनलाई दिएको जनादेश मुलुकको समृद्धिका लागि भएको भन्दै उनले पार्टी एकतामा अवरोध गर्ने र जन भावनाविपरीत जानेलाई जनताले नछाडने चेतावनी दिए । दोलखा जिल्लाबाट प्रतिनिधिसभाबाट सबैभन्दा बढी मतअन्तरमा विजयी भएका गुरुङले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रको नेतृत्व गर्ने जनादेश प्राप्त भएको बताए ।

कार्यक्रममा बोल्दै एमालेका पोलिटव्यूरो सदस्य एवम् दोलखा प्रदेशसभाका सदस्य पशुपति चौलगाईले दोलखालाई समृद्ध बनाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । उनले इमानका साथ काम गरेर जनताको जीवनस्तर उकास्न पहल गर्ने स्पष्ट पारे ।

नेता चौलागाईँले दोलखाको समृद्धिका लागि जलविद्युत उत्पादनको कामलाई उच्च प्राथमिकता दिने योजना अघि सारे । यसै कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले दोलखालाई सांस्कृतिक संग्राहलयको रुपमा विकास गर्न पहल गर्न नेताद्धय गुरुङ र चौंलागाईँलाई आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);