काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकारको काम प्रभावकारी बनाउन निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् ।
सरकारको काम कारवाहीलाई सहज र प्रभावकारी बनाउन आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्डले सुशासन, नागरिकलाई सरल, सहजरुपमा सेवा प्रदान गर्ने र सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।