प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं,१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज दिउँसो तीन बजे हुने भनिएको सम्बोधन ५ बजेका लागि सारिएको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकार सम्हालेको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लाग्नुभएको हो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बन्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड आफैंले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै अब नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्दै आउनुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);