पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरेर खुला रुपमा छलफलमा ल्याउँन गगन र विश्वप्रकाशको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरेर खुला रुपमा छलफलमा ल्याउँन गगन र विश्वप्रकाशको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनीहरुले मंसिर ४ मा सम्पन्न निर्वाचनपछि मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको उल्लेख गरेका छन् । प्रतिनिधिसभा निर्वाचनको परिणामबाट सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको र त्यो अस्वभाविक नभएको महामन्त्रीद्वय थापा र शर्माको ठहर छ ।

आफूहरूमाझ दुईवटा दायित्व रहेको भन्दै उनीहरुले आग्रहपूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्नुपर्ने बताएका छन् । त्यसैगरि यसबीचमा आफूहरुको असावधानी, कमजोरीको ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्नुपर्ने उनीहरुको भनाइ छ । कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै सुविचारित ढंगबाट अबको बाटो तय गर्ने महामन्त्रीद्वयको विज्ञप्तिमा उल्लेख छ ।

सरकारलाई जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्ने उनीहरुले प्रष्ट पारेका छन् । निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन,’ विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);