काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
शनिबार बिहान गृहमन्त्री लामिछाने बालकोट पुगेका हुन् । भेटमा उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बुझीएको छ ।
लामिछानेले आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए ।