नवजात शिशुमा देखिने स्वास्थ्य समस्या र यस्ता समाधानका उपाय | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

नवजात शिशुमा देखिने स्वास्थ्य समस्या र यस्ता समाधानका उपाय

काठमाडौं ।  जन्मिएको दिनदेखि २८ दिनसम्मको बच्चालाई नवजात शिशु भनिन्छ । नवजात शिशुुलाई चिसो बढेसंगै अरु बेलाभन्दा झन धेरै ख्याल गर्नुपर्ने हुन्छ ।

शिशुको स्वास्थ्यमा थोरै पनि हेलचेक्राइ भयो भने विभिन्न स्वास्थ्य समस्याको खतरा हुुन्छ ।

नवजात शिशुमा देखिने स्वास्थ्य समस्याका लक्षणहरु

– ज्वरो आउनु

– आँखा पल्टाउनु

– चाडोचाडो श्वास फेर्नु

– कोखा हान्नु

– धेरै पहेलोंपन देखिनु

– शरीरमा पिपले भरिएका फोकाहरु देखिनु आदि ।

नवजात शिशुुको कोखा हान्ने, आँखा पल्टाउने,ज्वरो आउने तथा आमाको दुध चुस्न नमान्नुले उसको स्वास्थ्यमा समस्या भएको देखाउने हुँदा नजिकैको स्वास्थ्य चौकीमा परामर्श लिनुु पर्ने बालरोग विशेषज्ञहरुको सल्लाह छ ।

बालबालिकामा स्याँस्याँ हुनु, निमोनिया र छातीको एलर्जी जस्ता समस्याहरु जाडो बढेसंगै देखिन्छन् । यस्तो अवस्थामा चिसोबाट बच्नलाई निम्न उपायहरु अपनाउन आवश्यक हुन्छ ।

– आवश्कता नभइ बालबालिकालाई घरबाट बाहिर ननिकाल्ने,

– बच्चालाई आगोमा सेक्ने र तातो न्यानो कपडा (टोपी,मोजा,पन्जा)लगाइदिने,

– राम्रोसँग हावा प्रवाह हुने कोठामा राख्ने

– स्वस्थ र पोषिलो खाना खुवाउने,

– बिहानको सुर्यको तापमा कम्तिमा १० मिनेट राख्ने आदि ।

नवजात शिशुका लागि पहिलोे डाक्टर भनेकै आमा हुन् ।  आमाले शिशुको स्वास्थ्यका विषयमा विशेष ख्याल पुु¥याउनुु पर्दछ ।   शिशुको स्वास्थ्यमा केही समस्या देखिएमा बालरोग अस्पताल वा बालरोग विशेषज्ञसंग परामर्श लिन सकिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);