काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई तथा शुुभकामना दिन समय माग नगर्न सबैलाई आग्रह गरेका छन् । प्रचण्डले बधाई तथा शुुभकामना लिने समय देश निर्माणको काममा खर्चिदा उचित हुने भन्दै यस्तो आग्रह गरेका हुन् ।
प्रचण्डको सचिवालयको अनुसार सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह र सुुझाव सचिवालयमार्फत पेस गर्न पनि आग्रह गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक सुुर्यकिरण शर्माले सामाजिक सञ्जालमा लेखेका छन्,‘सम्माननीय प्रधानमन्त्री ज्युले बधाई र शुभकामना आदानप्रदानको लागि समय माग गर्नु भएका सबै दिदिबहिनी तथा दाजुभाइहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा व्यक्त गर्नु भएकोले अब उप्रान्त बधाई र शुभकामनाका लागि समय माग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं । सरकारको कामलाई प्रभावकारी बनाउनका लागि दिने सल्लाह सुझाव सचिवालय मार्फत पेश गरिदिन पनि आग्रह गर्दछौं ।’