ओली घरमा आए कार्पेट ओच्छ्याएर स्वागत गर्ने माधव नेपालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओली घरमा आए कार्पेट ओच्छ्याएर स्वागत गर्ने माधव नेपालको घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो घरमा आए कार्पेट ओच्छ्याएर स्वागत गर्ने बताएका छन् ।

बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम मिटिङलाई सम्बोधन गर्ने क्रममा नेपालले यस्तो बताएका हुन् । एमाले अध्यक्ष ओलीसँग भेट्न अस्विकार गरेको खबर झुटो भएको स्पष्ट पार्दै उनले यस्तो बताएका हुन् । ‘कमरेड केपी ओली मेरो घरमा आउन खोज्दा मैले अस्वीकार गरेको भनेर पनि कुरा आएको छ । यसमा सत्यता छैन् । उहाँ आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थें,’ उनले भने ।

नेपालले पार्टी एकताको लागि पुराना कुरामा नअलमलिएर दुवै पक्ष तयार हुनुपर्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);