काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना केही साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निणय गरेको छ ।
प्रचण्ड नेतृत्वको सरकारले पार्टीका मुख्य एजेन्डा समावेश गरे सरकारमा सहभागी हुने भएको हो ।
बुधबार बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकमा सरकारमा सहभागिताबारे छलफल हुँदा अधिकांश नेताहरुले सरकारमा सहभागी हुनु्ुपर्ने धारणा राखेका थिए ।
सरकारमा पुुगेर मात्रै पार्टीका एजेण्डा कार्यान्वयनमा लैजानुुपर्ने निर्वाचित सांसदहरुको जोड थियो भने पराजित नेताहरुले भने प्रतिपक्षमै बस्नुुपर्ने धारणा राखेको स्रोतले जनाएको छ ।
राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने, यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायत विषय सम्बोधन गरे मात्रै आफूहरू सरकारमा सहभागी हुने बताइएको छ ।