उषा काफ्ले \ माउण्टेन टिभी एचडि।
काठमाडौँ, पौष १३। लामो रस्साकस्सी पछि अन्तत मुलुकले प्रधानमन्त्री पायो तर सरकारले अझै पूर्णता भने पाइसकेको छैन । जति भागदौड संघीय सरकार गठनमा देखिएको छ त्यति नै प्रदेश सरकारमा पनि छ । अघिल्लो सत्ता गठबन्धन भत्किएर राजनीतिमा नयाँ समीकरण बनेपछि प्रदेश सरकारमा पनि सोहीअनुरुप भागवण्डा हुने देखिन्छ ।
सत्ता गठबन्धनले प्याकेजमै सहमति खोज्ने तयारी गरेपछि प्रदेशमा सरकारको नेतृत्वका लागि आकाँक्षीहरु अघि सरेका छन् ।