काठमाडौं । कांग्रेस बाग्मती प्रदेश संसदीय दलको नेताका लागि सभापति इन्द्र बानियाँले उम्मेदवारी दर्ता गरेका छन् ।
हेटौंडा–१० मा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा पुगेर बानियाँले उम्मेदवारी दर्ता गरेका हुन् ।
बानियाँको प्रस्तावकमा संसद प्रभात तामाङ र समर्थकमा दोर्जे लामा रहेका छन् ।
उम्मेदवारी दर्ताका लागि बिहान १० बजेसम्मको समससीमा निर्धारण गरिएको छ ।