को को खेलाडी संकटामा अनुबन्ध भए, हेरौं नामावली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

को को खेलाडी संकटामा अनुबन्ध भए, हेरौं नामावली

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगको मिति तय नहुँदै संकटा क्लबले ६ नयाँ खेलाडी अनुबन्ध गरेको छ । घरेलु फुटबलका प्रभावशाली विंगरद्वय आयुष घलान र सुनिल बलसँगै रक्षकहरु निसान खड्का र गौतम श्रेष्ठ, मिडफिल्डर सुरज जिउ ठकुरी र गोलरक्षक टिकेन्द्र थापालाई संकटाले अनुबन्ध गरेको हो।

गत संस्करण सुनिलकै प्रभावशाली प्रदर्शनमा साबिकको विजेता मच्छिन्द्र क्लबले ए डिभिजन लिगको उपाधि रक्षा गरेको थियो । लिगमा सुनिलले गत संस्करण ६ गोल गरेका थिए ।

दोस्रो पटक घरेलु लिग खेल्न लागेका युवा खेलाडी आयुषले गत सिजन थ्री स्टारबाट खेलेका थिए । आयुषका थ्री स्टार सहकर्मी निसानलाई पनि संकटाले अनुबन्ध गरेको छ ।

त्यस्तै, सुरज र टेकेन्द्रले गत सिजन जावलाखेलबाट खेलेका थिए । गौतम विभागिय टोली त्रिभुवन आर्मी छाडेर संकटा पुगेका हुन् ।

टेकेन्द्रबाहेक अन्य पाँच खेलाडीसँग नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेको अनुभव छ । टेकेन्द्रले तत्कालिन प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा राष्ट्रिय टोलीमा स्थान बनाए पनि मैदान उत्रने अवसर भने पाएका थिएनन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);