धनुषामा काकीको हत्या आरोपमा २० वर्षीय भतिजा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धनुषामा काकीको हत्या आरोपमा २० वर्षीय भतिजा पक्राउ

जनकपुरधाम । धनुषामा ३० वर्षीया महिलाको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् ।

सोमबार साँझ जिल्लाको विदेह नगरपालिका ७ बेलापट्टि बस्ने ३० वर्षीया कवितादेवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागि मृत्यु भएको र उनका १४ महिनाको छोरा घाइते भएको प्रहरीले जानकारी पाएको थियो ।

प्रहरीले यस घटनामा अनुसन्धान गर्दै जाँदा महिलाको आफ्नै भतिजाले हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरी उपरीक्षक विश्वराज खड्काको नेतृत्वमा गएको टोलीले घटनाको अनुसन्धान गर्दा महिलाका जेठाजुका छोरा २० वर्षीय दिलिप कुमार साहको संलग्नता देखिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।

मृतकको शव अनुहारमा गम्भीर चोट लागि रक्ताम्य तथा अर्धनग्न अवस्थामा फेला परेको थियो । कुकुरसहितको टोलीले अनुसन्धान गर्दै जाँदा दिलिपलाई शंकास्पद अवस्थामा फेला परेको र उनको हातको बुढी औंला तथा घाटीको भागमा चिथोरिएको दाग देखिएको प्रहरीले जनाएको छ ।

दिलिपको शरीर खानतलासी गर्दा उनले लगाएको अन्डरवेयरभित्र कवितादेवीले प्रयोग गर्ने मोवाइल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको तथा अन्डर वेयरको पछाडि भागमा रगतजस्तो पदार्थ लागेको अवस्थामा फेला परेको छ । यस सम्बन्धमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);