काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ ।
पोस्टमार्टममा सहभागी अस्पतालका एक कर्मचारीले अभिनेता राजपूतको हत्या भएको दाबी गरेका हुन् । आफ्नै फ्ल्याटमा मृत भेटिएका राजपूतको आत्महत्या भन्दै प्रहरीले भने यसअघि नै केश बन्द गरिसकेको छ ।
अभिनेता राजपूतको शव पोस्टमार्टमका लागि अस्पताल पु¥याउदा घाँटी तथा शरीरमा चोटपटक लागेको पोस्टमार्टममा सहभागी कर्मचारी रुपकुमार शाहले जानकारी दिएका थिए ।
उनले भनेका छन् माथिल्लो अधिकारीहरुबाट शरीरको मात्र तस्बिर लिन आदेश भएकाले मैले आदेश पालना गर्नुपर्ने थियो । यसले गर्दा मसंग आधिकारीक रेकर्ड छैन् भने रेकर्डिङ अनुमती पनि दिइएको थिएन ।
अभिनेता सुशान्त १४ जुन सन् २०२० मा बान्द्राको आफ्नै फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए ।