सुशान्तको तस्बिरअंकित टिसर्ट बहिस्कारको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुशान्तको तस्बिरअंकित टिसर्ट बहिस्कारको माग

एजेन्सी। फिल्म अभिनेता सुशान्त सिंह राजपूत दिवंगत भएको दुई वर्ष पुगेको छ । तर, आज पनि उनको तस्बिर देखेर फ्यानहरू भावुक हुन्छन् । सुशान्तको मृत्युलाई लिएर कैयौं कुरा बाहिर आए । कतिपयले उनलाई डिप्रेसन भएको, लागुऔषधको सेवन गर्ने गरेको र नेपोटिज्मको शिकारसम्म बनेको दाबी गरे । तर, सत्य कुरा केवल सुशान्तलाई मात्र थाहा थियो ।

उनका फ्यानहरू अहिले पनि सुशान्तले न्याय पाउनुपर्नेमा आवाज उठाइरहेका छन् । तर. अहिले भने उनका फ्यानहरू सुशान्तको तस्बिर दुरुपयोग गरिएको भन्दै रिसाएका छन् ।अनलाइन सपिङ प्लेटफर्म फ्लिपकार्टमा बिक्रीका लागि एक टिसर्ट राखिएको छ  । जहाँ सुशान्तको तस्बिर छापिएको छ । फ्यानहरूले उक्त तस्बिरभन्दा पनि तस्बिरमा लेखिएको कुराप्रति आपत्ति जनाएका छन् । टिसर्टमा सुशान्तको तस्बिरसँगै ‘डिप्रेसन डुब्नु जस्तै हो’ भनी लेखिएको छ ।

फ्यानहरूले टिसर्टमा लेखिएको वाक्यले सुशान्तले डिप्रेसनका कारण आत्महत्या गरेको भन्ने अर्थ लगाएका छन् । उनीहरू यो अर्थलाई झुटो दाबी गरिरहेका छन् । सोहीकारण टिसर्ट बहिस्कारको अभियान चलाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);