काठकाडौं । स्पेनिस ला लिगा लिडर रियल मड्रिडले पाँच अंकको अग्रता कायम गरेको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले एथ्लेटिको बिल्बाओलाई २–१ ले हराएर दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी पाँच पु¥याएको हो ।
एथ्लेटिको बिल्बाओको मैदानमा भएको खेलमा रियल मड्रिडको जितमा करिम बेन्जिमा र कासेमिरोले गोल गरे । बिल्बाओका लागि आरिट्ज अडुरिजले गोल गरे ।
पछिल्लो पटक सन् २०११÷१२ को सिजनमा लिगको उपाधि जितेको रियल मड्रिडको यस पटकको उपाधि यात्रा अघि बढाउने क्रममा बेन्जिमाले २५ औं मिनेटमा गोल गर्दै सुरुवाति अग्रता दिलाए ।
पहिलो हाफमा १–० ले पछि परेको बिल्बाओका लागि ६५ औं मिनेटमा अडुरिजले बराबरी गोल फर्काए । त्यसको तीन मिनेटपछि कासेमिरोले रियल मड्रिडका लागि विजयी गोल गरे ।
जितपछि शीर्ष स्थानको रियल मड्रिडको २७ खेलबाट ६५ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको २७ खेलबाट ६० अंक छ ।
राति भएका अरु खेलमा रियल बेटिसले ओसासुनालाई २–० तथा एलाभेसले रियल सोसिडाडलाई १–० हरायो । यस्तै एइबर र स्पानियोलले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।