ध्रुवीय भालुको संख्या डरलाग्दो रुपमा घट्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

ध्रुवीय भालुको संख्या डरलाग्दो रुपमा घट्दै

एजेन्सी ।    क्यानाडा सरकारले गरेको नयाँ सर्वेक्षणले देशको वेस्टर्न हडसन खाडीमा रहेका ध्रुवीय भालुहरू डरलाग्दो दरमा मरिरहेका देखाएको छ ।

अनुसन्धानमा त्यहाँ हाल ६१८ भालु रहेका छन् । ‘विश्वभरको भालुको राजधानी’ भनेर चिनिने उक्त क्षेत्रमा अघिल्लो वर्ष ८४२ भालु थिए ।

सर्वेक्षणले सन् २०११ देखि सन् २०२१ को बीचमा वयस्क भालु र भालुका बच्चाहरूको संख्यामा उल्लेख्य गिरावट आएको उल्लेख गरेको छ । जलवायु परिवर्तनले भालुको संख्यामा गिरावट आएको सर्वेक्षणले देखाएको छ ।

‘अवलोकन गरिएको गिरावट ध्रुवीय भालुहरूमा जलवायु परिवर्तनको जनसांख्यिकीय प्रभावहरूको सम्बन्धमा लामो समयदेखि गरिएको भविष्यवाणीसँग मेल खाने’, अनुसन्धानकर्ताहरूको भनाइ छ ।

त्यस क्षेत्रमा भालुको संख्यामा गिरावट दशकौंदेखि जारी छ । सन् १९८० देखि ध्रुवीय भालुको संख्या झन्डै ५० प्रतिशतले घटेको छ, जब त्यतिबेला लगभग १२०० थियो ।

सर्वेक्षणले छिमेकी क्षेत्रहरूमा भालुको शिकार र विस्थापन संख्या घट्नुको मुख्य कारकको रूपमा उल्लेख गरेको छ । यद्यपि, ध्रुवीय भालुको जनसंख्यामा तीव्र गिरावटको सबैभन्दा ठूलो कारण सुदूर उत्तरमा बरफ पग्लनु रहेको बताइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);